जनता टाइम्स

२७ भाद्र २०७६, शुक्रबार १८:०३

यसकारण समातिए पूर्वडिआइजी र मेजर : इन्द्रजात्रामा राष्ट्रपति भण्डारीको अपमान गर्ने यस्तो थियो योजना


काठमाडौं, भदौ २७ । पूर्वराजाको वकालत गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीबिरुद्ध नारावाजीमा उत्रिएपछि नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) बिजयराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको भूगोलपार्कबाट पूर्वडीआईजी भट्टलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।

इन्द्रजात्रामा राष्ट्रपति भण्डारी नभइ पूर्वराजा ज्ञानेन्द्र जानुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका डीआईजी भट्ट, पूर्वमेजर केशव बस्नेतसहित ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नाममा उनीहरुले गणतन्त्र र राष्ट्रप्रमुखबिरुद्ध प्रदर्शन गर्न लागेको जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले २ सय ४८ वटा कालो रङको टिसर्ट र ब्यानर समेत बरामद गरेको छ । यसैबीच उच्छृंखल गतिविधिमा संलग्न ५० जना भन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।