जनता टाइम्स

११ कार्तिक २०८०, शनिबार १८:१९

इजरायली आक्रमणका ‘मास्टर माइन्ड’ मारेको इजरायलको दाबी


जेरुसेलम, ११ कार्तिक । इजरायल–हमास युद्ध जारी छ । इजरायलद्वारा गाजामा लगातार बमबारी जारी छ । हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ । इजरायली सेनाका अनुसार आइडीएफका लडाकु विमानहरूले हमासका लडाकु विमानका प्रमुख एसेम अबु रकाबालाई आक्रमण गरेका थिए, जुन आक्रामणमा उनको मृत्यु भएको छ ।

हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने डरलाग्दो योजना बनाउनमा अबु रकाबाको संलग्नता रहेको इजरायलले आरोप लगाउँदै आएको थियो । उसका अनुसार रकाबाले प्याराग्लाइडरमा इजरायलमा घुसपैठ गर्ने आतंककारीहरूलाई आदेश दिएका थिए र इजरायली सैन्य लक्ष्यहरूमा ड्रोन आक्रमणका लागि जिम्मेवार थिए। आइडिएफले ट्वीट गर्दै यो जानकारी दिएको हो ।

‘रातभर आइडीएफका लडाकु विमानहरूले हमासको हवाई एरेका प्रमुख असाम अबू रकाबालाई आक्रमण गरे । अबु रकाबा हमासको ड्रोन, प्याराग्लाइडर, हवाई पत्ता लगाउने र रक्षाको लागि जिम्मेवार थिए । उनी अक्टोबर ८ मा भएको नरसंहारको योजना बनाउनमा संलग्न थिए र प्याराग्लाइडरहरूमा इजरायलमा घुसपैठ गर्ने र ड्रोन आक्रमण गर्ने आतंककारीहरूलाई आदेश उनैले दिएका थिए ।’