जनता टाइम्स

१२ कार्तिक २०८०, आईतवार ०८:०२

गाजामा अर्को चरणको युद्द सुरू गरिएको इजरायलको घोषणा


तेल अहिब, १२ कार्तिक । इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औं दिनमा पुगेको छ ।

यसबिचमा भएका आक्रामणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाईसकेका छन् ।

गत अक्टुबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथी आक्रामण गरे पछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकासतिनै स्थानवाट आक्रामण गरिरहेको छ ।

संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आब्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्र संघको सो आब्हानलाई अस्विकार गरेका थिए । उनीहरुले युद्ध जारी राख्ने पक्षमा आफनो मत प्रकट गरेका थिए ।

हिजो मात्रै युद्द रोक्नका लागि राष्ट्र संघले गरेको आब्हानलाइ अस्विकार गर्दै गाजामा इजरायलको युद्ध ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रबक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन ।

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकास) बाट अघि सर्दैछौं।’