काठमाडौं, कात्तिक १५ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेट लिएका छन ।
यो नेपालका लागि चौथो सफलता हो । गुल्सन झा र करनले केसीले १–१ विकेट लिएका छन् । ५ दशमलव २ ओभरको खेल सकिँदा ओमानले ४ वीकेटको क्षतीमा ३८ रन जोडेको छ ।
नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।
यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।
प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।
प्रतिक्रिया दिनुहोस्