जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १०:१५

सन्दीप लामिछानेले लिए २ बलमा २ विकेट, ओमानको छैटौं विकेट गयो


काठमाडौं, कात्तिक १६ । आइसिसी टी २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत सन्दीप लामिछानेले १४ ‌औं ओभरको पहिलो २ बलमा २ विकेट लिएका छन् । सन्दिपले १४ औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका हुन् । यो सँगै ओमानको छैटौं विकेट गिरेको छ ।

यस्तै ओमानविरुद्ध सोमपाल कामीले २ तथा करन केसी र गुल्सन झाले १-१ विकेट लिएका छन् । अहिले ओमान १४ ओभर सकिदा ६ विकेटको क्षतीमा ९८ रनमा समेटिएको छ ।

यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।