जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार ११:०७

पक्राउलगत्तै वडाध्यक्षले छुटाए दलितमाथि भोजमा दुर्ब्यवहार गर्ने अभियुक्त


शुभनारायण कामती/सिरहा । छुवाछुत समाजिक अपराध हो । छुवाछुत भनेर भोजखाने वेलामा जातीय माईजनबाटै स्थानीय दलित युवालाई र्दुव्यवहार गरेका छन् ।

यो घटना सिरहा नगरापलिका वडा नं ११ भलुवाही दुर्गाटोलको । स्थानीय मुंगिया कामतीको बुवाको निधन भएको थियो । नौ केशको पुण्यतिथिमा २०७६ भदौं २५ गते बुधबार बेलुका करिब ७ः३० बजेको समयमा भोजको आयोजना गरिएका थियो । उक्त भोजमा गाँउका रितिरिवाज अनुसार भोज खाने निम्ता सम्पूर्ण परिवार दिईएका थिए । भोजखाने क्रममा जातीय माईजन र सहमाईजनले स्थानीय वीरेन्द्रकुमार महरा (चमार) लाई जोगेन्द्र कामती (अधिकारी) र दुखी कामती (माइजन) ले खाने समयमा पात लिएर बाहिर पठाई दुब्र्यवहार गरिएको स्थानीय गौरीशंकर कामतीले बताउनु भयो ।

जातीय माईजनले यसरी दलित भनेर र्दुव्यवहार गर्नु कानूनी अपराध हो । मुलुकी संहिता २०७४ को परिच्छेद १० को १६० (१) वमोजिम कार्य गर्नेलाई सोही ऐनको (२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ । पीडित पक्षले दुबै जना विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको छ ।

किटानी जाहेरीपछि घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज वोहराले जानकारी दिनुभयो । यता न्यायको लागि पीडित पक्षले विभिन्न सरोकारवालाहरु संग हार गुहार गर्दै छन् । श्रोतका अनुसार आरोपित व्यक्तिहरु जोगेन्द्र कामती (अधिकारी) र दुखी कामती (माइजन) लाई प्रहरीले बिहीबार सिरहा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष विनोद कुमार कामतीको जमानतमा छोडेको छन् ।

वडाअध्यक्ष तथा जातिका अगुवाहरु दलित भनेर अपमान गरेका पिडित विरेन्द्र कुमार महरा (चमार) का अभिभावकलाई समाजिक रुपमै मिलनको लागि विभिन्न किसिमको दवाव दिइरहेको छ ।