खेलकुदमूख्य समाचारसमाचारसमाज

ओलम्पिक कमिटिको अध्यक्षमा जिवनराम दोस्रो कार्यकालका लागि निर्वाचित (सम्पूर्ण नतिजासहित)

काठमाडौं, भदौ २८

नेपाल ओलम्पिक कमिटिको अध्यक्ष जिवनराम श्रेष्ठ विजयी हुनुभएको छ । उहा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको हो । आज भएको मतदानमा जीवनरामले १७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत प्राप्त गर्नुभयो । जीवनराम र उमेशलालवीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी हुनुभएको थियो । योसँगै जीवनराम ओलम्पिक कमिटीमा २ कार्यकाल निर्वाचित हुनुभएको छ । महासचिवमा पनि उहाकै प्यानलबाट उम्मेदवारी दिनुभएका निलेन्द्रराज श्रेष्ठ विजयी हुनुभयो ।

उपाध्यक्षमा अन्सारी पराजित

उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित हुनुभएको छ । २७ जना मतदाता रहेकोमा समिमले १२ मत मात्र प्राप्त गर्नुभयो । ५ जना उपाध्यक्ष रहने ओलम्पिक कमिटिमा ८ जनाको उम्मेदवारी परेको थियो । समिमसँगै राजीव्न श्रेष्ठ र पुष्पदास श्रेष्ठ ११–११ मत ल्याएर पराजित हुनुभयो ।

महासचिवमा निलेन्द्रराज विजयी

महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित हुनु भएको छ । उहाले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निर्वाचित हुनु भएको हो । निलेन्द्रले १५ मत प्राप्त गर्दा लाखेले १२ मत ल्याउनु भयो । निलेन्द्र जीवनराम श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

सचिवमा विष्ट पराजित

राष्ट्रिय खेलकुद परिषद् राखेपका निवर्तमान सदस्यसचिव केशबकुमार विष्ट नेपाल ओलम्पिक कमिटीको सचिवमा पराजित हुनु भएको छ । निर्वाचनमा विष्ट १ मतले पराजित हुनु भएको छ । तीन जना सचिव रहेको ओलम्पिकमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमा विष्टले १७ मत ल्याउँदै पराजित हुँदा १८ मत ल्याएका रामजीबहादुर श्रेष्ठ विजयी हुनुभयो । यस्तै दीपकहर्ष बज्राचार्यले २५ मत प्राप्त गदा तुलसी थापाले २१ मत ल्याएर विजयी हुनुभयो ।

सात जना सदस्य विजयी

सात जना सदस्यका लागि भएको मतदानमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी हुनुभयो ।
२७ जना प्रतिनिधि भएको ओलम्पिक कमिटीको निर्वाचनमा प्रकाश शम्सेर, गोपाल सुन्दर, दीर्घबहादुर र रमेश प्रसाद शिवाकोटीले समान २६–२६ मत प्राप्त गर्नुभयो । यसैगरी होमबहादुर दोङले २३ तथा टासी घलेले २२ मत ल्याउँदा राम अवालेले १९ मत प्राप्त गरेर विजयी हुनुभयो । पराजित भएका सदस्य मनोरञ्जन रमण शर्माले ८ मत प्राप्त गर्नुभयो ।

एसोसिएट सदस्यको मान्यता पाएका २७ खेल संघका २७ प्रतिनिधिले ओलम्पिक चुनावमा मतदान गरेका थिए । रोचक पक्ष के रह्यो भने यसपालिको चुनावमा २७ मतदातामध्ये २६ जना उम्मेदवार बनेका थिए । दुई कार्यकाल अध्यक्ष भइसकेका जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानबाहेक सबै उम्मेदवार बनेका थिए । अध्यक्षमा २, ५ उपाध्यक्षका लागि ८, महासचिवका लागि २, ३ सचिवका लागि ४ जना र ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका थिए ।

Comment here