जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १९:०३

पुनर्बीमाले वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गर्दै


काठमाडौं, १६ कात्तिक । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । रगतसम्वन्धि सरोकारवाला निकायहरूले रगतको अभाव भएको सार्वजनिकरूपमै घोषणा गरेको समयमा पुनर्बीमाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सम्वन्धित कार्यालयहरूबाट रगतको अभाव भएको जानकारी प्राप्त भएकाले, त्यसैलाई हृदयङ्गम गर्दै आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको पुनर्बीमा कम्पनीले जनाएको छ ।

शुक्रबार (१७ गते) एसएस भवन थापाथलीमा बिहान ११ वजेदेखि रक्तदान कार्यक्रम सुरु हुने कम्पनीले जानकारी दिएको छ । रगको अभावको समयमा रक्तदान गर्नेजस्तो महान र पुनित कार्यमा सहभागिता जनाइदिन पुनर्बीमा कम्पनीले सबैसंग अनुरोध गरेको छ ।