जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १२:४२

युएइले नेपाललाई दियो १३५ रनको लक्ष्य


काठमाडौं, कात्तिक १७ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा युएइले नेपाललाई जितका लागि १३५ रनको लक्ष्य दिएको छ ।

नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै युएइलाई सामान्य योगफलमा रोकेका हुन् । युएइले कुल २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको छ ।