जनता टाइम्स

१७ कार्तिक २०८०, शुक्रबार १५:२१

बधाई टीम नेपाल ! अबको यात्रा विश्वकप : केपी ओली


काठमाडौं, कात्तिक १७ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।

टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई ओलीले बधाई दिनुभएको हो । मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाल टी—२० विश्वकपमा छनोट भएको हो ।

नेपाल बिश्वकपमा छनोट भएपछि ओलीले खुसी साटनु भएको छ । सामाजिक सञ्जालमार्फत नेपाललाई बधाई दिँदै ओलीले भन्नुभएको छ, ‘निरन्तर कोसिसपछिको जित ! बधाई टीम नेपाल । अबको यात्रा विश्वकप । चियर्स !’