धादिङ, कात्तिक १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निषेधको राजनीति छाडेर लोकतन्त्र र राष्ट्रिय हितको पक्षमा एकजुट बन्न सवै राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ ।
आज बाट सुरु भएको प्रथम सल्यानटार कृषि प्रदशनी तथा व्यापार मेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले यस्तो आह्वान गर्नुभएको हो ।
उहाँले लोकतन्त्र, देश र राष्ट्रिय हितको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाँडै सर्वदलीय बैठक बोलाउन आफूले भनेको तथ्य पनि खोल्नुभयो । उहाँले सबै पार्टीहरुले पुरानो शैली छाड्न आवश्यक भएको पनि बताउनु भयो ।

‘निषेधको राजनीति छाडन जरुरी छ । लोकतान्त्रिक अभ्यासभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । हामीले लोकतान्त्रिक प्रणाली रोजेको अस्वस्थ्यता रोजेको होइन । हामीले हिंसा र घृणा फैलाउने बाटो रोजेको होइन । हामीले सामाजिक सद्भाव र एकता रोजेको हौं,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो ‘म सबै राजनीतिक दलहरुलाई आग्रह गर्छु, मैले प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु, प्रधानामन्त्रीलाई छिट्टै लोकतन्त्रको पक्षमा, देश र राष्ट्रिय हितको पक्षमा सर्वदलीय बैठक बोलाउनुस् भनेको छु । उहाँले छिट्टै नै गर्नुहोला भन्ने लाग्छ ।’
उहाँले देशलाई पछाडि फर्काउन नसक्ने भन्दै अगाडि बढाउन सवै लाग्नुपर्ने प्रष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्