काठमाडौं, कात्तिक १८ । नेकपा एमालेले आज आयोजना गरिएको सवै कार्यक्रम स्थगित गरेको छ । एमाले महासचिव शंकर पोखरेलले भर्खरै सूचना जारी गरी यस्तो जानकारी दिनुभएको हो ।
जाजरकोट केन्द्रविन्दु भएको भुकम्पका कारणले ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको र राहत तथा उद्धारको काममा केन्द्रीत हुनुपर्ने भएकोले आजका दिन पार्टीद्वारा आयोजना गरिएका शुभकामना आदानप्रदान तथा चियापान लगायतका कार्यक्रमलाई स्थगित गरी सोही काममा सहयोग पुग्ने गतिविधिमा केन्द्रीत गर्न एमालेले भनेको हो ।
महासचिव पोखरेलले भन्नुभएको छ, ‘जाजरकोट केन्द्रविन्दु भएको भुकम्पका कारणले ठुलो मात्रामा मानविय तथा भौतिक क्षति भएको छ । राहत तथा उद्धारको काममा केन्द्रीत हुनुपर्ने भएकोले आजका दिन पार्टीद्वारा आयोजना गरिएका शुभकामना आदानप्रदान तथा चियापान लगायतका कार्यक्रमलाई स्थगितगरी सोही काममा सहयोग पुग्ने गतिविधिमा केन्द्रीतहुन अनुरोध छ ।’
जाजरकोट भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको ज्यान गएको पुष्टि भएको छ । दुवै जिल्लामा गरी भूकम्पमा ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्