पर्सा, भदौ २८ । आफ्ना भारतीय ज्वाँईलाई छोरा बनाएर नेपाली नागरिकता दिलाउने पर्सा बहुदर्माई नगरपालिका–८ का वडाध्यक्ष पुन्नीलाल साहलाई प्रहरीले पक्राउ गरेको छ । भारतमा घर भएका ज्वाँई वीरेन्द्र कुमार साहलाई माइलो छोरा बनाएर वंशजको आधारमा पुन्नीलालले नेपाली नागरिकता दिलाएको तथ्य फेला परेपछि पर्सा प्रहरीले साहलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष भएका कारण पदको दुरुपयोग गरी सिफारिस, सर्जमिन सबै मिलाएर जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता दिलाएका साहविरुद्ध उजुरी परेपछि छानविन अघि बढाइएको थियो । गृह मन्त्रालयमार्फत उक्त नागरिकता रद्द भए पनि विपक्षीले उच्च अदालत हेटौंडामा मुद्दा दायर गरेपछि पुन्नीलालविरुद्ध पक्राउ आदेश भएको थियो । सोही आधारमा पर्सा प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया बढाएको छ ।
भारतीय ज्वाँईलाई अंगीकृत नागरिकता दिने या नदिने भन्ने बहस चलिरहेका बेला किर्ते गरी वंशजकै नागरिकता पुन्नीलालले दिलाएका थिए ।
प्रतिक्रिया दिनुहोस्