जनता टाइम्स

२८ भाद्र २०७६, शनिबार १७:३४

उपनिर्वाचनको मुखैमा चर्चित नेतृ रजनी केसीले गरिन कांग्रेस परित्याग


पोखरा, भदौ २८ । नेपाली कांग्रेसले देशब्यापी जागरण अभियान चलाएकै बेला चर्चित नेतृ रजनी केसीले कांग्रेस परित्याग गर्नुभएको छ । केसीले हिजो कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

‘मैले विगत लामो (करिब २५ वर्ष भन्दा पनि बढी) देखिको काँग्रेस पार्टीसँगको आवद्दता स्वईच्छाले त्याग गरेको घोषणा गर्दछु,’ केसीले भन्नुभएको छ । समाजसेवी तथा सामाजिक अभियान्ता केसील पोखरा विश्वविद्यालयको कर्मचारी सङ्घलाई लामो समय नेतृत्वदायी (अध्यक्ष) भुमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले कांग्रेस परित्याग गरेसँगै पोखरा बिश्वबिद्यालयको उपप्रशासक पदबाटसमेत राजीनामा दिनुभएको छ । केसी आज साझा पार्टी प्रवेश गर्नुभएको छ । केसीलाई साझा पार्टीले आगामी उपनिर्वाचनमा कास्की २ बाट उमेद्वार बनाउने सम्भावना रहेको बताइएको छ ।