जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार १४:५५

उपमेयर रिजालको एक महिनाको तलब भूकम्पपीडितलाई


पर्वत, कात्तिक १९ । पर्वतको कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले आफ्नो एक महिनाको तलब भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

उपमेयर रिजालले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पीडितहरुको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नुभएको हो ।

भूकम्पबाट पीडितको राहत र उद्दारमा सहयोग पुगोस भन्ने उद्देश्यले एक महिनाको पारिश्रमीक जम्मा गर्ने निर्णय गरेको रिजालले बताउनुभयो । शुक्रबार ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पुर्याएको छ । उहाँले उद्दार र राहतमा सबै लाग्न आह्वान पनि गर्नुभएको छ ।