भैरहवा, १९ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भूकम्प पीडितका लागि साढे २२ लाख सहयोग गर्ने भएको छ । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितको पुनर्स्थापना, राहतलगायत कार्यका लागि २२ लाख ५४ हजार ५ सय रुपैयाँ र २ सय थान कम्बल सहयोग गर्ने नगरपालिकाले निर्णय गरेको हो ।
आज बसेको नगरकार्यपालिकाको बैठकले भूकम्पले बढी क्षति पुरर्याएको जाजरकोट र रुकुम पश्चिमका पीडितहरुका लागि दुवै जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा वा संघीय सरकारले तोकेको मापदण्ड अनुसार पाँचरपाँच लाख रुपैयाँ प्रदान निर्णय गरेको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्