जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार १८:४२

एनएमबि बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि ५० लाख सहयोग


काठमाडौं, कात्तिक २० । एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्न ५० लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने निणय गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग प्रदान गर्ने निर्णय गरिएको एनएमबि बैंकले जनाएको छ ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई २०८० कार्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्ने कुरामा आफूहरु विश्वस्त रहेको बैंकले छ।