काठमाडौं, २१ कात्तिक । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारेर जाजरकोटका भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
मंगलबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुनर्बीमा कम्पनी लिमिटेडले भूकम्प पीडितलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

सोही अवसरमा कम्पनीले प्रकाशित गरेको नेपाल पुनर्बीमा स्मारिका २०८० अंक २ समेतको विमोचन समेत गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा स्मारिका विमोचन गरिएको हो । अर्थमत्री डा. महत र अर्थसचिव डा. कृष्णहरि पुष्करले संयुक्त रुपमा स्मारिकाको विमोचन गर्नुभयो ।

यसको दुई दिनअघि पुनर्बीमा कम्पनीले दशौं वार्षिकोत्सवकै अवसर पारेर रक्तदान कार्यक्रको आयोजना गरेको थियो । सो रक्तदान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले ५६ औं पटक रक्तदान गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्