जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार १५:२३

मोडल एवं अभिनेत्री दीपासा बीसीको निधन


काठमाडौं, २३ कात्तिक । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना हुनुभएको उहाँको आज मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

उहाँको मृत्युको कारण अझै खुलिसकेको छैन । दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गर्नुभएको छ भने दर्जनौं म्युजिक भिडिओमा पनि अभिनय गर्नुभएको थियो । अविवाहित दीपासाको घर सुर्खेत हो ।