जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार १८:०४

मिटरब्याजको पैसा निर्त नसकेर तनावमा आत्महत्या गरेकी मोडल दिपाशा


काठमाडौं, कात्तिक २३ । आत्महत्या गरेकी मोडल दिपाशा बिसी ‘जलपरी’ केही समयदेखि तनावमा रहेको तथ्य खुलेको छ । जलपरीले बिष सेवन गरी आत्महत्या गरेकी हुन ।

जलपरी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेको पारिवारिक स्रोतले जनाएको छ । निकट स्रोतका अनुसार जलपरीले बुधवार विष सेवन गरेकी थिइन । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।

उडुस मार्ने औषधि सेवन गरी सिकिस्त अवस्थामा जलपरीलाई बुधवार राति नर्भिक अस्पताल ल्याइएको थियो । चिकित्सकले आज दिउँसो उनलाई मृत घोषित गरेका हुन ।

केही समयअघि उनले मिटरब्याजमा ठूलो परिमाणमा ऋण लिएकी थिइन् । उक्त ऋणको ब्याज सय गुणासम्म बढेपछि तिर्न नसकेको स्रोतको भनाइ छ ।