काठमाडौं, कात्तिक २४ । एभरेष्ट बैंक लिमिटेडको अध्यक्षमा डा. बालगोपाल बैद्य नियुक्त हुनुभएको छ । बिहीवार बसेको सञ्चालक समितिको ३६० औं बैठकले सञ्चालक समितिका सदस्य डा. वैद्यलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरको हो ।
नवनियुक्त अध्यक्ष बैद्यले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अघिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको छ । विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहिरहनु भएका डा. वैद्य अर्थ विज्ञका रुपमा समेत परिचित हुनुहुन्छ ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसक्नु भएका डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गर्नुभएको छ । उहाँ बोर्ड अफ ट्रष्टी र गरिबी िनवारण कोषको सदस्य समेत रहनु भएको थियो । उहाँको अध्यक्षतामा एभरेष्ट बैंकले उल्लखनीय प्रगती गर्दै बैंकको नारा जस्तै दिगो, दरिलो हुने बिश्वास सञ्चालक समितिले लिएको छ ।













प्रतिक्रिया दिनुहोस्