जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १७:४२

कुसल नेतृत्वको परिणाम : ५ बर्षमा नागरिक लगानी कोषले गर्यो दोब्बर बढी बचत संकलन, ६ गुणा बढायो चुक्ता पूँजी


काठमाडौं, कात्तिक २४ । कुनै पनि संस्थाले कुसल नेतृत्व पायो भने के हुन्छ भन्ने उदाहरण बनेको छ नागरिक लगानी कोष । कोषले ५ बर्षमा गरेको प्रगति हेर्दा कुसल नेतृत्वको परिणाम देखिन्छ ।

आफ्नो ५ बर्षे सेवा अवधी पूरा गरी आजबाट अबकाश हुनुभएका नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले साँच्चीकै उदाहरणीय काम गर्नुभएको छ । आफ्नै बिशाल भवन निर्माणदेखि संस्थागत सुधारका पाटोमा नेपालले गर्नुभएको कामबाट कोषको छवि नै अर्कै बन्न पुगेको छ । जनताटाइम्स डटकमसँगको कुराकानीमा आफ्नो कार्यकालबारे सन्तुष्ट देखिनुभएका नेपालले काम सुरु गर्दा कोषको अवस्था निकै जटिल र अबिश्वसनीय थियो ।

उहाँले कोषको कार्यकारी निर्देशकको रुपमा काम थाल्दा कोषको बचत संकलन केवल १ सय १४ अर्व रहेको थियो । आज अवकाश लिएर बिदा हुँदा बचत दोब्बरभन्दा बढी अर्थात २ सय ३२ अर्व पुगेको छ । पाँच बर्षमा यो तहको बृद्धिदर उल्लेख्य हो । यस्तै चुक्ता पुँजी ९० करोड रुपैयाँ मात्रै थियो तर ५ बर्षमा त्यो रकम बढेर ५ अर्व ३१ करोड पुगेको छ ।

‘सरकारले तीन बर्षअघि राष्ट्र सेवक कर्मचारीको कोषले लागानी गरेर राष्ट्रिय बिमा संस्थानमा बुझाउनु पर्ने ब्यवस्था गर्यो । त्यस्ले बचत रकम घटछ कि भन्ने चिन्ता थियो तर हामी आफ्नो लक्ष्यमा सफल भयौं,’ कार्यकारी निर्देशकबाट बिदा हुँदै गर्दा नेपालले जनताटाइम्स डटकमसँग भन्नुभयो । यो अवधीमा नागरिक लगानी कोषको बचत संकलन मात्रै बढेको होइन, आफ्नो भवन पनि बनेको छ ।

आफ्नो ५ बर्षे सेवा अवधी पूरा गरी आजबाट अबकाश हुनुभएका नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले साँच्चीकै उदाहरणीय काम गर्नुभएको छ

२०७५ चैत ४ गते शिलान्यास भएको भवन २ बर्षमै पुरा गरेर २०७७ कात्तिकमा पूरा भएको हो । बानेश्वरमा रहेको सो भवन डेढ सय स्क्वायर फिटको डबल बेसमेन्ट रहेको छ । सिमित कर्मचारीका बावजुद यस अवधीमा अत्तरिया, सुर्खेत र बुटवलमा गरी ३ वटा शाखा कार्यालय खोलिएको छ । नागरिक लगानी कोषमा स्थायी कर्मचारी ९५ जना मात्रै रहेका छन । कर्मचारीको लागि नेपालको पालामा भएको योजना भने अर्थ मन्त्रालयले तुहाइ दिएको छ । दुई बर्षदेखि कर्मचारी बिनियमावली मन्त्रालयमै थन्क्याएर राखेको छ ।

नेपाल कार्यकारी निर्देशक हुँदा कोषको अवस्था कतिसम्म दयनीय थियो भन्ने कुरा तीन बर्षदेखि लेखा परीक्षण र साधारणसभा समेत हुन सकेको थिएन । नेपाल आएलगत्तै तीन बर्षको लेखा परीक्षणसहित साधारण सभा गरेर काम अघि बढाउनु परेको थियो । यस्तो अवस्थाबाट सुरु भएको काम अहिले एकीकृत सफ्टवेयर कार्यान्वयनमा ल्याइएको छ भने अनलाइन प्रणालीबाट रकम जम्मा र भुक्तानीको ब्यवस्था मिलाइएको छ भने डाटा सुरक्षाका लागि डिजाष्टर रिकभरी (डिआर) को ब्यवस्था गरिएको नेपालले बताउनु भयो ।

सरकारले तीन बर्षअघि राष्ट्र सेवक कर्मचारीको कोषले लागानी गरेर राष्ट्रिय बिमा संस्थानमा बुझाउनु पर्ने ब्यवस्था गर्यो । त्यस्ले बचत रकम घटछ कि भन्ने चिन्ता थियो तर हामी आफ्नो लक्ष्यमा सफल भयौं

यस्तै शेयर धनीलाई ५ बर्षमा प्रतिबर्ष २५ प्रतिशतका दरले बोनश सेयर दिन सफल भएको कार्यकारी निर्देशक नेपालले जानकारी दिनुभयो । यस्तै ३ बर्षदेखि १.५ प्रतिशत ब्याजबाहेक थप प्रतिफल दिन सफल भएको नेपालले जानकारी दिनुभयो । यस अवधीमा कोषको नेतृत्वमा नागरिक स्टक डिलर स्थापना गरी पूँजी बजारमा काम गरिरहेको छ । कोष आफैले पनि काम गरिरहेको नेपालले बताउनु भयो । यस्तै नेपालकै पालामा नागरिक पेन्सन योजना सुरु भएको छ ।

आफ्नो कार्यकाल पूरुा गरी बिदा हुँदै गर्दा कार्यकारी निर्देशक नेपालले सरकारले पछिल्लो २ बर्षदेखि असहयोग गरेको कारण अझ गर्न सकिने ठाउँहरु रहेको तर आफू आफ्नो कामको समिक्षा गर्दा पूर्ण सन्तुष्ट रहेको बताउनु भयो ।