जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १३:४५

मेषको ‘ढुकढुकी’ मा केकीसंग रिजनको रोमान्स


काठमाडौं, भदौ २९

मेष बहादुर बस्नेतको नयाँ गीत ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ।

केकी अधिकारी, रिजन थापा र मेष बहादुर बस्नेत लगायतको अभिनय रहेको भिडियोमा यादवकुमार भट्टराईले निर्देशन गर्नुभएको छ भने, सह निर्देशनमा लोमस चापागाईं र मिलन भण्डारीले साथ दिनुभएको छ ।

रुवरुपराज आचार्य र मेलिना राईको आवाज रहेको गीतमा मेष बस्नेतको शब्द र आरपी लामिछाने रामु दाईले संगीत भर्नुभएकोछ।गीतमा राकेश ओलीको संगीत संयोजन र श्यामश्वेत रसाइलीको संगीत सम्पादन साथै मदन काश्यप घिमिरेको छायाङ्कनमा बनेको भिडियोमा उज्वल ढकालको सम्पादन रहेकोछ।

धुलिखेलको होटल सारथी लगायत काभ्रेका विभिन्न ठाउँमा छायाङ्कन गरिएको उक्त गीत हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।