काठमाडौं, कात्तिक २५ । केषि बिकाश बैंकले जाजरकोटका भूकम्पपीडितका लागि ५० लाख रुपैया आर्थिक सहयोग गरेको छ ।
बैंकले भूकम्पबाट पीडित एवं प्रभावितका लागि सहायता स्वरुप कृषि बिकाश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको हो ।
। उक्त चेक कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्तान्तरण गर्नु भयो । साथै कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महतको उपस्थिति रहेको थियो ।
कृष् िाविकास बैंक लि.ले भूकम्पबाट प्रभावित र पीडितलाई राहतपुग्ने गरी नेपाल सरकारलाई आर्थिक सहयोग गरेकोमा प्रधानमन्त्री दाहालले धन्यवाद ज्ञापन गर्नुभयो ।
कृषि विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्