जनता टाइम्स

२९ भाद्र २०७६, आईतवार १४:४०

ओली सरकारले बिकाशको आधार सुनिश्चित गरेको छ, तथ्यलाई बंग्याउँदैमा ढाकछोप गर्न सकिदैन : प्रचण्ड


काठमाडौं, भदौ २९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको तथ्य राख्नुभएको छ ।

ललितपुरमा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले छिमेकी ओली सरकारले बिकाशको आधार सुनिश्चित गरेको तथ्य राख्नुभएको हो । ‘सरकारले बिकाशको आधार सुनिश्चित गरेको छ, यो तथ्यलाई कसैले बंग्याउँदैमा ढाकछोप गर्न सकिदैन,’ अध्यक्ष प्रचण्डको भनाई थियो । मुलुक भारत र चीनसहित अन्तराष्ट्रिय सम्बन्ध विकासमा पनि सरकारले महत्वपूर्ण योगदान पुर्याएको पनि उहाँले प्रष्ट पार्नुभयो । कानुन निर्माणका दृष्टिले पनि सरकारको प्रयासलाई विरोध गर्न मिल्ने अवस्था नरहेको पनि अध्यक्ष प्रचण्डको निश्कर्ष रहेको छ ।

अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको दिशामा पनि संवैधानिक प्रश्न नउठ्ने गरी सरकारले काम गरिरहेको प्रष्ट पार्नुभयो । नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले जनताले अपेक्षा अनुसार काम सरकारले गर्न नसकेको भने स्वीकार गर्नुभयो । अध्यक्ष प्रचण्डले चीनले अघि सारेको ‘रोड एन्ड बेल्ट इनिसिएटिभ’ परियोजना नेपालको हितमा रहेकाले त्यसमा नेपाल सरकारले साथ दिएको स्पष्ट पार्नुभयो । सो परियोजनामा नेपालका सबै राजनीतिक दलहरुको साथ रहेको पनि अध्यक्ष प्रचण्डको भनाई थियो ।