जनता टाइम्स

३० कार्तिक २०८०, बिहीबार १९:०२

इजरायल चेकपोष्टमा गोली हानाहान, तीनको मृत्यु ७ घाइते


जेरुसलेम, ३० कात्तिक । जेरुसेलम नजिकै गोली चल्दा तीन आक्रमणकारी मारिएका छन् । इजरायली प्रहरीका अनुसार जेरुसेलम नजिकैको टनेल चेकपोस्टमा गोली चलाउँदा सुरक्षा बलले तीन जना मारेका हुन् ।

इजरायली प्रहरीका अनुसार आक्रमणकारीहरू संदिग्ध गाडीमा आएका थिए र उनीहरुले एकाएक इजरायली सेनालाई लक्षित गरेर गोली चलाएका थिए ।

जवाफमा इजरायली सेनाले उनीहरु माथी कारबाही गरेको हो । जुन कारबाहीमा परी ३ जना मारिएका छन । प्रहरीका अनुसार सो क्रममा सात जना घाइतेसमेत भएका छन् ।