जनता टाइम्स

३ मंसिर २०८०, आईतवार १५:१४

विश्वकप फाइनल : अष्ट्रेलियाले टस जितेर भारतलाई ब्याटिङको निम्तो


एजेन्सी, ३ मंसिर । अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को फाइनलमा घरेलु टोली भारतविरुद्ध टस जितेको छ ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा अष्ट्रेलिया कप्तान प्याट कमिन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

दुबै टोलीले आजको खेलमा प्लेइङ ११ मा कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलको टोलीलाई निरन्तरता दिएका छन् ।

अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो पटक विश्वकप उपाधी जित्न चाहन्छ । विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा हुनेछ ।

भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो । २००३ को फाइनलमा अष्ट्रेलियासँग भारतले हारेको थियो ।

अष्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछ । अष्ट्रेलियाले १९८७,१९९९,२००३,२००७ र २०११ मा उपाधी जितेको थियो । लिगमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो ।