एजेन्सी, ३ मंसिर । भारतले आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियाविरुद्ध राम्रो ब्याटिङ सुरुवात गरेकोछ । नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले १०.२ ओभरमा ३ विकेट गुमाउदै ८१ रन बनाएको छ । बिराट कोहली २१ रनमा छन् ।
मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।
त्यसअघि तेस्रो ओभरको पहिलो बलमा एज लागेपनी विकेटकिपर जोश इंग्लिस र मिचेल मार्शको तालमेलको कमिको कारण उनी बचेका थिए ।
स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका हुन् । उनले ३१ बलमा ४ चौका र ३ छक्का हाने ।
प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भए ।
अपराजित रहदै फाइनल खेलेको भारत तेस्रो उपाधी जित्न चाहन्छ । विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया छैटौं उपाधी जित्ने सोचमा हुनेछ ।
दुबै टोलीले आजको खेलमा टोलीमा परिवर्तन गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्