एजेन्सी, ४ मंसिर । भारतका विराट कोहली आइसिसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट(सर्वोत्कृष्ट ) खेलाडी चुनिएका छन् ।
भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । कोहलीले विश्वकप २०२३ मा ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए ।
उनले न्युजिल्यान्डविरुद्ध १ सय १७ रन वनाएका थिए । त्यस्तै दक्षिण अफ्रिकाविरुद्ध १ सय १ रन बनाएका थिए । कोहलीले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक हान्दै ओडिआईमा सर्वाधिक शतकको कीर्तिमान बनाएका थिए । उनले सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमान तोडेका थिए ।
कोहलीले लिगमा बंगलादेशविरुद्द १ सय ३ रन बनाएका थिए । कोहलीले फाइनलमा ५४ रन बनाएपनी जितको लागि पर्याप्त भएन । जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलियालाई जिताउन ट्रविस हेडले १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले ।
प्रतिक्रिया दिनुहोस्