एजेन्सी, ४ मंसिर। झाँसीमा सम्बन्धलाई लाजमर्दो बनाउने एउटा घटना बाहिर आएको छ । यहाँ ससुरा र बुहारीबीच अवैध सम्बन्धको कुरा सार्वजनिक भएको हो । बुहारीले श्रीमानलाई निद्राको चक्की खुवाउँथिन् र हरेक रात ससुराको ओछ्याउन तताउने गर्थिन । यति मात्र होइन, दुवै जना सँगै बसेर रक्सी पिउँथे ।
यो अवैध सम्बन्ध परिवारका सदस्यहरुकै अगाडि सार्वजनिक भएपछि ससुराले विष सेवन गरी आत्महत्या गरेका छन् । आत्महत्या गर्नुअघि उनले आफ्नी श्रीमतीसँग फोनमा माफी पनि मागेका थिए ।
तोडिफतेहपुर थाना क्षेत्रको गाउँमा बस्ने ४८ वर्षीय रवि (काल्पनिक नाम) ले विष सेवन गरी आत्महत्या गरेका छन् । करिब २० वर्षअघि रविकी श्रीमतीको मृत्यु भएको थियो । उनको कुनै सन्तान थिएन ।
उनकी श्रीमतीको मृत्युपछि रविको परिवारले उनको विवाह शान्ति देवी (काल्पनिक नाम) सँग गरे। महिलाका श्रीमानको मृत्यु भइसकेको थियो र उनको चार वर्षको छोरो थियो । विवाहपछि शान्तिदेवी श्रीमान् र छोरासँग बस्न थालिन् । उनीहरुबीच सबै राम्रै चलिरहेको थियो । छोरा हुर्किएपछि पाँच वर्षअघि बिहे भयो ।
ससुरा र बुहारी बीचको अवैध सम्बन्ध
छोराको बिहेपछि बुहारीसंग दुर्व्यवहार गर्न थालेको शान्तिदेवीले बताइन् । केही समयपछि श्रीमान् रविलाई बुहारीसँग आपत्तिजनक अवस्थामा देखेकी शान्तिले बताइन् । दुवैले उनलाई ज्यान मार्ने धम्की दिएपछि उनी डराएकी थिइन् । ससुरा र बुहारीबीच अवैध सम्बन्ध थियो ।
प्रतिक्रिया दिनुहोस्