नेता र राजनीतिक दललाई सच्याउन/सजाय दिन ५–५ वर्षमा सकिन्छ तर उहिलेकालाई वर्षौ वर्ष पुज्नपर्छ । यत्ति सास्वत सत्यलाई पनि नबुझे नै झै गर्नेहरु मानिस वा बुद्धिजिवि हुन सक्छन र ? किमार्थ हुन सक्दैनन । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प राजतन्त्र हुन सक्दैन । गणतन्त्रको बिकल्प अझै उन्नत गणतन्त्र नै हो
सञ्जय थापा
यतिबेला नेपालमा कोही कोही व्यक्तिहरु झापाली नवराजावादी दुर्गा प्रसाईंको साथ लागेर राज फिर्ता ल्याउने भन्दै आन्दोलन गर्ने भन्न थालेका छन । राजतन्त्र जस्तो अहिलेको ब्यवस्था अघिनायकवादी होइन, त्यसैले गणतन्त्रमा आफ्नो कुरा भन्न पाइन्छ । तर हुँदै नभएको काल्पनिक कुरा गरेर ब्यवस्थाकै बिरुद्धमा जान चाँहि कसैलाई छुट छैन । राजतन्त्र फिर्ता ल्याउने भन्दै अघि सारिएको पात्र हेर्दा नै उनीहरु कस्ता चरित्रका हुन ? भन्ने प्रष्ट हुन्छ । राजा फर्काउने भन्दै अघि सारिएको यो वियको चर्चा गर्दा सवैभन्दा पहिला दुर्गा प्रसाईं को हुन भन्ने वुझ्न जरुरी छ ।
दुर्गा प्रसाईं एकातिर मुद्दा मामलाको पाटो छ भने अर्कोतिर जग्गा दलाल र मेडिकल शिक्षाको व्यापारी हुन । बैंकमा अर्बाैं ऋण भएका नवधनाड्य अनि सत्ता र राजनितिको चरम दुरुपयोग गरेर अकुत सम्पति कमाउने र सम्पती प्राप्त भएपछि राजनितिमा कसरी हस्तक्षेप गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन उनी !
पहिला माओवादी वनेका र पार्टी एकिकरणसंगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हजुरबुवा भन्दै निकट देखिएको नाटक गरेका प्रसाईं चुनावमा झापा ३ बाट टिकट नपाएपछि विरोधमा लागेका हुन । बैंकको ऋणको व्याज वुझाउन नपरोस भनेर बैंक, सहकारी र लघुवित्तको विरोधमा जनता उठाउदै हिड्दा हिड्दै अहिले राज फिर्ता ल्याउने आन्दोलनका प्रमुख आर्किटेक्टर देखिएका छन । अनि राजा ल्याउन पर्नेचाँहि विभिन्न कारणको चर्चा भएका केही विषयको याहा व्याख्या गरौ ।
पहिलो तर्क छ, राजाले वनाएको देश भनेर । तर यस्तय यही हो त ? काहानिर वनाएछन देश यिनले ? पृथ्वीनारायण शाहले थालेका एकीकरण अभियानवाहेक राजाले के गरे ? जनताले गरेको उब्जनीको कुत उठाएर खाएर मोज गरेका राजाले दरवारमा असंख्यक श्रीमती राखेर वसेको तथ्य जगजाहेर नै छ । सत्ता र श्रीमतीको लागि आआफुमा षडयन्त्र गरेर एकले अर्कोको हत्या गर्ने अनि देशमाथि राणाहरुको अत्याचार विरुद्ध सडकमा उत्रेको समयमा देश छोडेर सपरिवार भारत भागेका होईनन र ? सत्य के हो भने राजा भागेपछि जनताले आन्दोलन गरेर राणावाट मुलुकलाई मुक्त गरेपछि फर्केर गद्धीको हकदार भएका हुन ।
दोस्रो तकै छ, अहिले दलहरुका कारण सवै विदेसिय रे ! नेपालमा मुङलान जान थालेको कहिलेदेखि हो ? नेपालीहरु वम्वई र दिल्लीमा गएर खवरदार भन्न थालेको कहिले देखि हो ? म सन १८९०–१९९४ सम्म मद्रासमा अध्ययन गरिरहदा सधैमध्य राजमा होसियार खवरदार भन्दै लोरो वजार्दै हिड्ने नेपालीहरु कसको पालाका थिए ? त्यो वेला राजाको सासन थियो होईन र ? सुदुरपश्चिमतिरको प्रत्येकजसो घरका मान्छेहरु भारत गएर दरवान नवनेको घर छ ? लाहुरे र भर्ती जाने चलन कहिलको हो ?
तेस्रो तर्क छ, राजाको पालामा भ्रष्टाचार थिएन रे ! राजसंस्था त्यस्तो प्रगतिशिल थियो भने ल भन्नुस तिनको आम्दानीको श्रोत के थियो ? बीरेन्द्रको जग्गा खोज्दा एक हजार रोपनी जति रहेछ । त्यो पनि आवाद भएको रहेनछ ! उनीहरु के खान्थे त ? कहाँवाट कमाएर खान्थे ? नेपालको राज संस्थासंग सम्वन्धित व्यक्तिहरु सवै दलाल पुजिपति भईसकेको थिए । विदेशी कम्पनिको एजेन्ट भईसकेका थिए । त्यहा उनीहरुको लगानी थियो । उनीहरु स्वयं दलाल पुजिपति हुन । अनि कहाँवाट देशभक्त हुने ? यी सव वाहियात कुरा हुन ।
चौथो तर्क छ, अहिले वलात्कार बढ्यो, छोरीवुहारी सुरक्षित छैन रे ! के हिजो राजाको पालामा यस्तो केही थिएन त ? अरुले त विर्से होलान तर मचाँहि मेरा अस्कलका सहपाठी नमिता–सुनिताको बलात्कारपछि हत्याको पीडा बिर्सन सक्दिन । पोखरा घुम्न गएका ती दिदी वहिनीलाई कस्ले गर्यो वलत्कार ? अनि कस्ले गर्यो हत्या ? त्यही राजपरिवारले होईन र ?
पाचौं तर्क छ, अहिले वैदेशिक ऋृण वढ्यो रे ! पञ्चायतकालमा पञ्च र राजतन्त्रले लुट्दा लुट्दा देश यस्तो कंगाल भएको थियो ? इतिहास हेरे पुग्दैन र ? राजतन्त्रले लुटेर देश कंगाल बनाएपछि देशले विदेशी ऋृण लिन सुरु गरेको होईन ? नेपालीले वुझ्नुपर्ने कुरा भनेको राजतन्त्र भनेको खन्चुवा चिज रहेछ । यसले सम्पुर्ण खाएर देश कंगाल वनाएपछि नै जनता त्यसको विरुद्ध आन्दोलनमा उत्रेको होईन ? अहिले यति चाँडै सवै कुरा विर्सने ?
अझै पारसको त मलाई यहाँ कुनै चर्चा नै गर्न मन छैन । तिनलाई पुनर्वाहाली गर्ने नेपाली जनतालाई उक्साउदै छन कोही पटमुर्ख, अनि कोही कोही वुद्धीजिवि भन्ने दलालहरु उनको पक्षमा ठुला ठुला कुरा गर्दैछन । हरे परमात्मा छौं भने सवैको कल्याण गर ! यति कुरा यहाँ भनि रँहदा अहिले स्वर्गै छ भन्न खोजेको होईन । नपुग अहिले पनि छ । विकृति अहिले पनि छ ।
नेता र राजनीतिक दललाई सच्याउन/सजाय दिन ५–५ वर्षमा सकिन्छ तर उहिलेकालाई वर्षौ वर्ष पुज्नपर्छ । यत्ति सास्वत सत्यलाई पनि नबुझे नै झै गर्नेहरु मानिस वा बुद्धिजिवि हुन सक्छन र ? किमार्थ हुन सक्दैनन । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प राजतन्त्र हुन सक्दैन । गणतन्त्रको बिकल्प अझै उन्नत गणतन्त्र नै हो । यस्को बिकल्प छैन ।
(लेखक थापा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष हुनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस्