जनता टाइम्स

३० भाद्र २०७६, सोमबार ०७:३०

भारी वर्षाको सम्भावना : सतर्क रहन अपिल


काठमाडौं, भदौ ३० । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखाको को पश्चिमी भाग औसत स्थानको आसपास र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको जनाएको छ ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित रेहेको महाशाखाको भनाइ छ । बंगालको खाडिबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढिरहेको उसको प्रष्टोक्ति छ ।

महाशाखाले हाल देशभर बदली भई पश्चिमी र मध्यपश्चिमी भागका जुम्ला, लमजुङ, कास्कीलगायत जिल्ला, मध्य नेपालको मकवानपुर, चितवनलगायत जिल्ला र पूर्वी भुभागको मोरङ, ईलाम, झापालगाएतका जिल्लाका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने साथै मध्य तथा पूर्वी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै केही स्थानमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने मन्दै सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशखाले सोमबार ९आज० दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ । पूर्वी र मध्य भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशभर सामान्य बदली रही मध्य भागका धेरै स्थान तथा पूर्व र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । मध्य तथा पश्चिमी भेगका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार राति देशभर बदली रही मध्य तथा पूर्वका धेरै स्थान साथै पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुनेछ । केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्य बदली रही मध्य भागका धेरै स्थान र बाँकी भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने एवं मध्य तथा पश्चिमी भेगमा भारी वर्षाको सम्भावना छ । बुधबार राति देशभर पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै र पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने मध्य तथा पश्चिमी भेगमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।