जनता टाइम्स

३० भाद्र २०७६, सोमबार ०८:५८

सन्दीप लामिछानेले गरे मेलवर्न स्टार्ससँग दोस्रो सिजनका लागि सम्झौता


काठमाडौं, भदौ ३० । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछानेले सिजन २०१९–२० का लागि अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) मेलवर्न स्टार्सबाट खेल्ने पक्का भएको छ। मेलवर्नले आइतबार सन्दीपसँग सम्झौता भएको पुष्टि गरेको हो।

गत सिजन सन्दीपलाई मेलवर्नले ६० हजार डलरमा आबद्ध गरेका थिए। यो सिजनको सम्झौता रकम भने खुलाइएको छैन। यसअघि नै मेलवर्नका प्रशिक्षक डेभिड हसीले सन्दीपलाई सिजनभर खेलाउन चाहेको प्रतिक्रिया दिएका थिए। सन्दीपले गत सिजनको बीबीएलमा ७ खेलमा ११ विकेट लिएका थिए।

बीबीएलको सुरु र अन्त्यमा मात्र खेलेको सन्दीप बीचमा बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न गएका थिए। सिजनको बीबीएल आगामी डिसेम्बर १७ बाट सुरु हुँदैछ।