जनता टाइम्स

८ मंसिर २०८०, शुक्रबार ०८:१५

चाइना ट्रेडको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ, यी हुन पदाधिकारी


काठमाडौं, मंसिर ८ । चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको १६औँ वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।

श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा अमरेश चन्द्र बैदार उपाध्यक्ष, सुब्बा श्रेष्ठ सचिव र कृष्णबहादुर गुभाजु कोषाध्यक्ष चयन हुनुभएको छ । यस्तै किशोर गजाधर खड्का, गणेश कुमार अग्रवाल र मोहन बोहरा सञ्चालक समिति सदस्यमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरि लेखा सुपरीवेक्षण समितिकिो संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यहरुमा पदम बहादुर गुरुङ र सुदर्शन श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
७० लाख शेयर पूँजीबाट १६ वर्ष अगाडि स्थापित संस्थाको २०८० असार मसान्तमा कुल सम्पत्ति ८४ करोड ६१ लाख पुगेको छ। सेयर पुँजी ८ करोड १६ लाख र जगेडा कोष ३ करोड ९३ लाख पुगेको छ।

गत आवमा संस्थाको निक्षेप ४२ करोड १८ लाख पुगेको छ। त्यस्तै ६५ करोड ३२ लाख रुपैया कर्जा लगानी गरेको छ।