जनता टाइम्स

३० भाद्र २०७६, सोमबार ११:१४

पूर्व राजका परिवारले नेपाल एयरलाइन्स चढेको टिकटको ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको खुलासा


काठमाडौं, भदौ ३०

पूर्व राजसंस्थाका परिवारसहित त्यस बेलाका उच्च ओहोदामा बसेका व्यक्तिले नेपाल एयरलाइन्समा चढेको टिकटको रकम नतिरेको खुलासा भएको छ । उनिहरुले नेपाल एयरलाइन्सलाई पाँच करोड रुपैयाँ तिर्न बाँकी रहेको खुलेको हो ।

निगम स्रोतले दिएको जानकारी अनुसार विभिन्न भ्रमणका क्रममा उनिहरुले सिस्तैमा विमान चढ्ने र त्यसको रकम सरकारका नाममा राख्ने गरेका थिए । सो बराबरको रकम करिव ५ करोडको हाराहारीमा रहेको जानकारी दिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले पनि पूर्वराजसस्थाका परिवारले निगमलाई ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताउनु भयो । उहाले निगमको सुधारका लागि कार्यदल बनाएको भन्दै सो कार्यदलको प्रतिवेदन आएपछि यसविषयमा थप छलफल गरिने जानकारी दिनुभयो ।

निगमका अनुसार सो रकमको ब्याजसहित गर्ने हो भने अहिले करिव २० करोड रुपैयाँ हुने बताएको छ । कार्यदलले असोज १ गते मन्त्रीलाई प्रतिवेदन बुझाउदैछ । त्यसलगत्तै निगमले अहिलेसम्म बाँकी रहेको रकम तिर्न सबैलाई सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । त्यसमा पूर्व राजसस्थांको नाम पनि आउने बताइएको छ । निगमको टिकटको पैसा नबुझाउने सबैको नाममा सार्वजनिक सूचना जारी गरिने भएको छ । पूर्वराजसस्थाको रकम भने सरकारले तिर्ने वा उनिहरुको जायजेथाबाट उठाउने भन्ने बारेमा भने छलफल गरेर टुंगो लगाइने मन्त्री भट्टराईले जानकारी दिनुभयो ।