जनता टाइम्स

१० मंसिर २०८०, आईतवार ०९:१०

अखिल बागमतिको अध्यक्षमा बुढाथोकी, यी हुन पदाधिकारी


हेटौँडा, मंसिर १० । अनेरास्ववियु बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लाल बहादुर बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।

अनेरास्ववियुको हेटौँडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटीका सह–संयोजक बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण भएको हो ।

कमिटीको उपाध्यक्षहरूमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवहरूमा प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिपछिरिङ शेर्पा चयन हुनुभएको छ ।

यसैगरी अधिवेशनले कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाललाई सर्वसम्मत चयन गरेको छ ।