काठमाडौ, भदौ ३० । सभामुख कृष्णबहादुर महराले सरकारलाई नियन्त्रण गर्ने प्रयास नगर्न संसदीय समितिलाई निर्देशन दिनुभएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज भएको संवाद कार्यक्रममा सभामुख महराले सो निर्देशन दिनुभएको हो ।
सभामुख महराले संसदीय समितिको काम सरकारलाई नियन्त्रण गर्ने नभई निगरानी मात्रै गर्न सक्ने निश्कर्षसमेत सुनाउनु भएको छ । ‘संसदीय समितिले सरकारले ट्रयाक छाड्छ कि भन्ने निगरानी मात्रै गर्ने हो, समितिले सरकारलाई नियन्त्रण गर्न सक्दैन, संसदीय समितिले त्यस्तो काम नगरोस,’ सभामुख महराको निर्देशन थियो ।
समितिका निर्णयप्रति सरकार जवाफदेही भए काम कारबाही प्रभावकारी हुने आफ्नो निश्कर्ष पनि उहाँले सुनाउनु भयो । संसदले संकल्प प्रस्ताव, सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरु पारित गरेको बताउँदै महराले त्यसको कार्यान्वयनका लागि सरकारको तदारुकताको अपेक्षा संसदले गरेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्