जनता टाइम्स

१३ मंसिर २०८०, बुधबार १७:०८

कांग्रेस सभापति देउवाको गाउँमै एमाले अध्यक्ष ओली पुगेपछि


बैतडी, मंसिर १३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीझुलाघाटचिवाभञ्ज्याङ ,समृद्धिका लागि संकल्प यात्राअभियानको उद्घाटन गर्ने कार्यक्रमका लागि बैतडीकोझुलाघाटतर्फ प्रस्थान गर्नुभएको छ।

बैतडीको झुलाघाटबाट सुरु हुन लागेको नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्नअध्यक्ष ओलीसहित अन्य नेताहरु धनगढीबाट आउनुभएको हो।

मंगलबार साँझ बुद्ध एयरको जहाजबाट धनगढी आउनुभएका अध्यक्ष ओली लगायतका एमालेनेताहरू आज बैतडीतर्फ आउनुभएको हो

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराजज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बागुरुङ, विष्णु रिमाल, सचिवहरु गोकर्ण विष्ट, लेखराज भट्ट, पद्मा अर्याल, रघुवीर महासेठ, स्थायीकमिटी सदस्यहरु भानुभक्त ढकाल, डाक्टर राजन भट्टराईसहितको टोली मध्यपहाडी (पुष्पलाल) राजमार्गको उद्घाटन गर्न बैतडी आइपुग्नुभएको हो

झुलाघाट आउने क्रममा गन्यापधुरा, साहुखर्क, डडेलधुरामा ५० वर्षदैखि आगो ननिभेको बाजेको खीरपसलमा अध्यक्ष ओलीसहितका नेताहरुले चिया, खीर खुवा खाएका यात्रामा सहभागी नेता रिमाललेसामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनु भएको छ।

डडेलधुराको गन्यापधुरा मा बाजेको खिर पसल ५० वर्षअघि शेरबहादुर देउवा नामकै स्थानीयलेचलाएका थिए। उहाँको निधनपछि छोराले सम्हाल्दै आएका छन्

नेकपा एमालेको तीन हप्ता लामो सो अभियान भोलिबाट सुरु हुँदै छ। पूर्वको चिवाभञ्ज्याङ पुगेरटुङ्गिने सो यात्रालाई एमालले समृद्धिको लागि संकल्प यात्राको नाम दिएको छ। 

यात्राको क्रममा मध्यपहाडका नागरिकहरूसँग भेटघाट तथा व्यापक अन्तरक्रिया हुने छन् भने ठाउँठाउँमा सभाहरू हुने भएका छन्। पहाडी क्षेत्रका नागरिकका समस्या बुझी समाधानको उपाय खोजीगर्न एमालेले सो यात्रा प्रारम्भ गर्न लागेको हो। 

एमालेले मध्यपहाडी राजमार्ग अन्तरगतका २६ वटा जिल्लाको करीब हजार सय ७९किलोमिटरको यात्रा २१ दिनसम्म गर्दैछ।