बैतडी, मंसिर १३ । नेकपा (एमाले) अध्यक्ष केपि शर्मा ओलीले नेपालको पश्चिम सिमाना कसैलेबनाएको कुलो नभई महाकाली नदि भएको बताउनु भयको छ ।
नेकपा स्थापनाको ७५ वर्ष पुगेको हिरक जयन्तीको अवसरमा एमालेले बुधवार देखी सुरु गर्न लागेकोबैतडी झुलाघाट देखी पाँचथरको चिवा भञ्याङसम्मको सङ्कल्प यात्राको पुर्व शन्ध्यामा मंगलबारबैतडीको पाटनमा आयोजना गरियको स्वागत कार्यक्रमा धन्यवाद दिंदै अध्यक्ष ओलीले पुष्पलाललोकमार्गमा हुने यो संकल्प यात्राले देश समृध्द हुन्छ भन्ने विश्वास दिलाउने बताउनु भयो ।
यो यात्राले समृध्द नेपालका थप संभावनाको खोजी गरी त्यसलाई एमालेले साकार पार्ने विश्वासअध्यक्ष ओलीले दिलाउनुभयो ।
अहिले देशको हरेक क्षेत्रको अवस्था वर्तमान सरकारले नाजुक बनाएको जसका कारण देशविकासमा नेपाल पछि परेको अध्यक्ष ओलीको धारणा थियो ।
स्वागत कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर देश र समाजको हितमा कार्य गर्नुहुने २५७ जनामहानुभावहरुलाई अध्यक्ष ओलीले सम्मान गर्नुभएको थियो । नेकपा (एमाले) ले बुधवार नेपालभारतको पश्चिमी सिमा बैतडीको झुलाघाट स्थित महाकाली नदी देखि समृध्दिका लागि संकल्प यात्रासुरु गर्दै छ ।
यो यात्राको नेत्तृत्व एमाले अध्यक्षओली आफैले गर्नुहुनेछ । यात्रा बैतडीको झुलाघाटदेखि पुष्पलाल मध्यपाहाडी पुर्व पश्चिम लोकमार्गमा हुनेछ । तिन साता लामो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्