जनता टाइम्स

१७ मंसिर २०८०, आईतवार ०५:३०

एमाले र केपी ओलीप्रति सुदुरपश्चिममा देखिएको क्रेज


भेटन पाएकोमा निकै खुसी देखिनुभएकी थापाले सबै जनताको घरघरमा सुबिधा पुर्याउनु भन्दै ओलीलाई आर्शिवाद दिनुभयो । ओलीले पनि मुस्कुराउदैँ उहाँको आर्शिवाद ग्रहण गर्नुभयो । ओलीसंग भेटेर फर्केपछि थापा निकै प्रसन्न हुनुभयो । अनि बाहिर निस्किएर आफ्ना दौँतरीहरुसँग हामीलाई हेर्ने नेताको दर्शन गर्न पाइयो भन्दै प्रफुल्ल हुनुभयो 

यसिमा महत

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ५ की हरुलीदेवी थापा उमेरले ८४ बर्ष कटनु भएको छ । दृढ आत्मबिश्वासले तन्नेरी जस्तै जोशमा देखिनु भएकी थापालाई कुनै पनि नेता भेटन मन लाग्दैन । तर यसपटक आफ्नै जिल्लामा चुच्चे नक्सा जारी गराउने दृढ आत्मबिश्वासी नेता भेटने चाहना उहाँको मनमा एकाएक पलायो ।

बिहीबार नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बैतडी आएको सुन्न साथ उहाँसँग भेटने इच्छा जाग्यो । अनि अहिलेसम्म कुनै नेता नभेटने भन्दै बस्नुभएकी थापा यो उमेरमा आफ्नो बाचा तोडेर ओलीलाई भेट्न आउनु भयो ।

एमाले अध्यक्ष ओलीको कार्यक्रम तय भएका अन्य ठाउँहरुमा पुग्न नसक्नु भएकी थापा त्रिपुरा सुन्दरी मन्दीरमा ओली पुजा गर्न आउने सुनेपछि त्यही पुग्नुभयो । उहाँ मन्दिरमा पुग्दा ओली पनि दर्शनका लागि मन्दिरमै पुग्नुभएको थियो । बृद्धा थापाले बैतडीका सांसद एवं एमाले नेता दामोदर भण्डारीलाई ओलीसँग भेटन आएको जानकारी दिनुभयो ।

थापाको आग्रहअनुसार भण्डारीले उहाँलाई अध्यक्ष ओलीसँग मन्दिरमै भेटाउनु भयो । भेटन पाएकोमा निकै खुसी देखिनुभएकी थापाले सबै जनताको घरघरमा सुबिधा पुर्याउनु भन्दै ओलीलाई आर्शिवाद दिनुभयो । ओलीले पनि मुस्कुराउदैँ उहाँको आर्शिवाद ग्रहण गर्नुभयो । ओलीसंग भेटेर फर्केपछि थापा निकै प्रसन्न हुनुभयो । अनि बाहिर निस्किएर आफ्ना दौँतरीहरुसँग हामीलाई हेर्ने नेताको दर्शन गर्न पाइयो भन्दै प्रफुल्ल हुनुभयो ।

‘हामीलाई बुढा हुने वित्तिकै बृद्धाभत्ता दिनेको दर्शन गर्न पाएँ, यसरी भेट हुने कुरा मैले सोचेकै थिइँन, उहाँ भएको ठाउँमा हामीलाई कस्ले पुर्याइदिन्थ्यो र ?, उहाँ आफै हाम्रो ठाउँमा पुग्नुभयो,’ एमाले नेता दामोदर भण्डारीलाई देखाउँदै थापाले थप्नुभयो, ‘उहाँले भेटाइदिनु भएको हो, भाग्यमा रैछ र पो दर्शन पाइयो ।’ थापाले एमालेले सवथोक दिएको पनि बताउनु भयो । ‘हामीलाई सबथोक दिएकै छ, अस्पतालमा उपचार सित्तैमा हुन्छ, बर्षमा ४ पटक भत्ता पाइन्छ,’ थापाले भन्नुभयो ।

८४ बर्ष कटनुभएकी थापा एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । सुदुरपश्चिममा एमाले र ओलीप्रतिको क्रेजको दृष्यहरु अनगिन्ती छन । थापाजस्तै दशरथचन्द नगरपालिका–०४ तिरगाउँकी ८५ बर्षिय धाना बोकटीले पनि ओलीलाई भेट्न सकिनसकि हिडेर सदरमुकाम आएको सुनाउनु भयो ।

‘बुढाबुढीलाई हेन्र्या नेता भेटन सकीनसकी आया हुँ,’ बोकटीले भन्नुभयो, ‘पहिला केही पनि थिएन, अहिले हेर्नुस त जताततै गाडी चलेका छन्, झरो बालेर रात कटाइन्थ्यो, अहिले अहिले बिजुली बाल्न पाएका छौँ, मोबाइल फोनमा कुरा गर्न पाएका छौँ, पहिला केही थिएन्, अझै धेरै बर्ष बाँच्न पाए के–के कुराहरु पो देखिने हो ? यो सबै सुबिधा दिने, हामी बुढाबुढीलाई भत्ता दिने व्यक्ति हाम्रो ठाउँमा आउदाँ निकै खुसी लागेको छ ।’

ओली बैतडीका आउदाँ बुढापाकाको मनमा भत्ता दिने व्याक्ति संगको भेट हुने कुराले खुसी तुल्याएको उहाँहरुको भनाई थियो । वि.स.२०५१ सालमा तत्कालिन सरकारको नेतृत्व नेकपा एमालेले गर्दाका बखत सामाजिक सुरक्षा भत्ताको कार्यक्रम लागु भएको हो । तत्कालिन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुदाँ ओली गृहमन्त्री हुनुहुन्थ्यो ।

चुनाव अघि कम्युनिष्ट पार्टीले जिते ६० बर्ष कटेका बुढापाकालाई गोली ठोकेर मार्छन भन्ने दुश्प्रचार भएपनि अन्ततः एमाले नेतृत्वकै सरकारले बृद्धबृद्धा र एकल महिलाहरुलाई मासिक १ सय रुपैयाँ भत्ता प्रदान गर्ने कार्यक्रम ल्याएको थियो । अहिले उक्त भत्ता मासिक ४ हजार पुगेको छ । यो कुराले सवै बृद्धबृद्धामा एमाले नै आफ्नो पार्टी हो भन्ने दह्रो बिश्वास पलाएको छ ।

एमालेले अघि बढाएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सुदुरशपश्चिम प्रदेशमा एमाले र केपी ओलीप्रति आम नागरिकमा ठूलो बिश्वास रहेको तथ्य उजागर गरेको छ । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको मध्यपाहाडी लोकमार्गको यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला सुदुरपश्चिममा हुनुहुन्छ ।

मंसिर १४ गते झुलाघाटमा राष्ट्रिय भण्डा फहराएर अभियानको सुरुवात गर्नुभएका एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेताहरु डडेलधुरा, डोटी हुँदै शनिवार अछाम पुग्नुभएको छ । यसक्रममा बैतडीसहित डडेलधुरा, डोटी र अछामका मुख्य शहरमा जनसभासहित आम नागरिकसँग भेटघाट चलिरहेको छ । अभियानको क्रममा नागरिकमा देखिएको दृष्य र उत्साहले सुदुरशपश्चिममा एमाले र अध्यक्ष केपी ओलीप्रतिको क्रेज अन्य दल र नेताको तुलनामा सयौं गुणा माथि रहेको तथ्य उजागर गरेको हो ।

बैतडीमा मात्रै होइन, डडेलधुरा, डोटी र अछाममा पनि यही दृष्य देखिएको छ । आजको सभामा ओलीलाई हेर्नकै लागि अछाममा बिष्णुप्रसाद भाट अक्सिजन लगाएरै कार्यक्रममा आउनु भएको थियो । उहाँले केपी ओलीलाई नजिकबाट हेर्न आएको बताउनु भयो ।