काठमाडौं, मंसिर १७ । उच्च अदालत पाटन इजलाशका न्यायाधीश जनकराज पाण्डे नेपाली कांग्रेसकै क्याडर बनेर आफ्ना नेता बालकृष्ण खाँणलाई छाडन आदेश दिनुभएको पाइएको छ ।
आफूलाई न्यायाधीश बनाइ दिएको पार्टी नेताहरुको गुण तिर्न पाण्डेले कानूनभन्दा बाहिर गएर पार्टी कार्यकर्ताको पुरानै भूमिकामा उभिनु भएको पाइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानले खाँणलाई मुख्य दोषीको रुपमा किटान गरेको छ ।
गृहमन्त्रीकै रुपमा नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सामेल हुनुभएका खाणलाई ३० लाख धरौटीमा छाडने आदेश न्यायाधीश पाण्डेले दिनुभएको थियो । जवकी मन्त्री नभएका एमाले नेता टोपबहादुर रायमाझीलाई भने कारागारमै रहने फैसला दिइएको छ ।
उच्च अदालतकै एक श्रीमानले पाण्डेले कानूनभन्दा बाहिर गएर पार्टीमा आवद्धता हेर्दै निर्णय सुनाउने काम गरेको जनताटाइम्स डटकमलाई बताए । ती श्रीमानका अनुसार मुख्य ब्यक्तिलाई धरौटीमा छाडने निर्णय सुनाउन नमिल्ने भएपनि श्रीमान पाण्डे कांग्रेसको क्याडर बनेर यस्तो निर्णय लिनुभएको हो ।
मुख्य दोषीलाई जोगाएर बिचौलियाको भूमिकामा रहेका रायमाझीलाई कारागार पठाए पनि अर्का न्यायाधीश प्रकाश खरेलले अस्वीकार गरेपछि एकल इजलाशबाट निर्णय हुने भएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छाडने पक्षमा उभिनुभएका उच्च अदालतका न्यायाधीश पाण्डे ३३ किलो सुन प्रकरणमा सर्वाेच्चले बिराटनगरबाट तानेको थियो ।
पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिनुभएको थियो । तर न्यायाधीश जनकराज पाण्डेले भने ३० लाख रुपैयाँ धरौटीमा छाड्नु पर्ने राय दिनुभएको थियो । न्यायाधीश खरेलको आदेशले श्रमिान पाण्डेको सवै खेल खत्तम पारिदिएको छ ।
संयुक्त इजलासमा राय बाझिएपछि अब अर्को इजलासमा छिनोफानो हुने भएको हो । अर्को शुुक्रवारसम्म यो मुद्दा अर्को इजलासमा पेस गर्ने तयारी छ । अर्को इजलासले टुङ्गो नलगाउँदासम्म खाँण थुनामै रहनु परेको छ ।
झापाको भद्रपुर नगरपालिका ८ निवासी पाण्डे न्यायाधीश नियुक्त हुनुअघि नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमिति सदस्य हुनुहुन्थ्यो । कांग्रेस निकट कानून ब्यवसायी संगठन डिएलएको नेता समेत रहनुभएका पाण्डे कांग्रेस नेताहरुकै मुद्धा लडने गर्नुभएको थियो । न्यायाधशि भएपछि पनि उहाँ बिवादमा पर्नुभएको छ ।
३३ किलो सुन काण्डमा बिचौलियासँग संवाद गरेको बिषयमा न्याय परिषदले पाण्डेलाई बिराटनगरबाट काठमाडौं तानेको थियो । तर कांग्रेस नेताहरुको दवावमा बिना कार्वाहीपुनः उच्च अदालतमै काम गर्न पठाइएको छ ।
(क्षमायाचनासहित भुलसुधार : समाचारमा प्रयोग भएको तस्विरमा भुलवस न्यायाधीश सुदर्शनराज पाण्डेको तस्विर पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ । यसबाट न्यायाधीश सुदर्शनराज पाण्डेप्रति पर्न गएको असुबिधा र ब्यक्तिब्तवको क्षतीप्रति हामी क्षमाप्रार्थी छौं । सं)
प्रतिक्रिया दिनुहोस्