काठमाडौं, मंसिर १८ । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा सर्वाधिक २९ स्वर्ण पदक जित्दै नेपाल च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा नेपालले २९ स्वर्णसहित २६ रजत र ६ कास्य जित्दै च्याम्पियन बनेको हो ।
प्रतियोगितामा २५ स्वर्ण, २२ रजत र १७ कास्यका जितेर भारत दोस्रो भयो । ६ स्वर्ण, ७ रजत र १४ कास्य जित्दै बंगलादेश तेस्रो भयो । ४ स्वर्ण, १ रजत र १९ कास्यसाथ पाकिस्तान चौथो भयो । २ स्वर्ण, ८ रजत र २९ कास्य जितेको श्रीलंका पाँचौँ भयो । २ कास्य जितेको भुटान छैटौँ भयो ।
नेपाल कराँते महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका एनओसी टिम, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्