काठमाडौं, भदौ ३१ । मौसम पूर्वानुमान शाखाले आज देशैभरी बदली रही पानी पर्ने जनाएको छ। आज बिहान ३ दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले देशभर पानी पर्ने जनाएको हो । महाशाखाका अनुसार हाल पुर्वि तराई, मध्य र पश्चिमका केहि स्थानमा सामान्य बदली भई मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाँकि भुभागमा पनि आंशिक देखि सामान्य बादलीको अवस्था रहेको छ।
महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखाको पश्चिमी भाग औषत स्थानको आशापास रहेको र पुर्वी भाग औषत स्थान भन्दा थोरै उत्तरतर्फ रहेको छ। यसका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भाग र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापिय प्रणाली रहेका छ भने बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाका कारण देशभर मनसुनी गतिविधि बढेको उसले जनाएको छ।
विभागका अनुसार ३ दिनको मौसम निम्नानुसार हुनेछ। महाशाखाका अनुसार आज दिउँसो देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै आज देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केही स्थानहरुमा मेघ गर्जन चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। भोलि असोज १ गते दिउँसो देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भूभागहका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
रातीस् देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित मध्यम वर्षा हुनेछ। पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ भने असोज २ गते देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। यस्तै राती देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन रचट्टयांगसहित हल्का देखि मध्यम वर्षाको हुनेछ।













प्रतिक्रिया दिनुहोस्