रुकुमकोट, मंसिर २०। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रुकुम पूर्वका विभिन्न राजनीतिक दलका नेता र स्थानीय तहका जनप्रतिनिधिले नेकपा ११ बुँदे मागपत्र पेश गरेका छन । बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्राको क्रममा एमाले अध्यक्ष ओलीलाई आज जिल्लाका बिकासका लागि रुकुमका दलहरुले विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान ९झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा० का क्रममा मंगलबार रुकुम पूर्व पुग्नुभएका अध्यक्ष ओलीलाई बुधबार बिहान विभिन्न दलका नेता र जनप्रतिनिधिले जिल्लाको समग्र विकासका लागि विभिन्न मागसहित ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
मंसिर १४ गतेदेखि संकल्प यात्रामा रहेको एमालेले बुधबार बिहान रुकुम पूर्वको रुकुमकोटमा विकास र समृद्धिसम्बन्धी सर्वदलीय(सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
सोही कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्व का प्रमुख मेघबहादुर श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ तथा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा, राप्रपाका नेताहरुले एमाले अध्यक्ष ओलीसँग जिल्लाको समग्र विकासका लागि विभिन्न माग पेस गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्