जनता टाइम्स

३१ भाद्र २०७६, मंगलवार ०८:५८

बाजुरामा सरकारी जड्याहाँ कर्मचारीको कुटाईबाट असई घाइते


बाजुरा, भदौ ३१

बाजुरामा जड्याहाँको एक समुहले नेपाल प्रहरीका एक असईमाथी निर्घात रुपमा कुटपिट गरेका छन् । अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मान बहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले कुटपिट गरेको हो ।

‘राती मादक पदार्थ खाएर होहल्ला गर्दै हिँडेकी एक महिलालाई नियन्त्रणमा लिने क्रममा उनको साथमा रहेका अन्य प्रहरी व्यस्त भएको मौकामा एक्लै रहेका बेला ती महिलासँगै ७–८ जनाको संख्यामा रहेकाले पछाडिबाट ढुंगा हान्दा उहाँ घाइते हुनुभएको हो’, इन्सपेक्टर जनक ढुँगानाले जानकारी दिनुभयो । आक्रमण गरेर भागेका उनीहरूलाई सोही राती पक्राउ गरिएको र उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइएको छ । कुटपिट गर्ने अधिकाशं सरकारी कार्यालयमा काम गर्ने कर्मचारी रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राष्ट्रिय बाणिज्य बैकमा कार्यरत अमृत्त बोहरा र केशब गिरी सरकारी वकील कार्यलयका कार्यलय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिमा कार्यरत प्राबिधिक गोरख थापा र मेरिस्टोप सेन्टर नामक गैर सरकारी संस्थामा कार्यरत अनमि धनी थापा रहेका छन् ।