जनता टाइम्स

२१ मंसिर २०८०, बिहीबार १६:१८

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा


लिमा, २१ मंसिर । पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा हुनु भएको छ । मानवता विरुद्धको अपराधमा उहाँले २५ वर्षे जेल सजाय भोगिरहनु भएको थियो ।

संवैधानिक अदालतले मङ्गलबार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उहाँ जेलमुक्त हुनु भएको हो ।

फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किनु भएको हो । रिहाइपछि उहाँले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेट्नु भएको थियो ।

केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उहाँको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।