काठमाडौं, मंसिर २२ । नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले भारत भ्रमणमा हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको मुख्य बिषय उठान नै नगरेको रहष्योदघाटन गर्नुभएको छ ।
पूर्वराजदूत रेले भारतको प्रभणको क्रममा प्रधानमन्त्री दाहालले सन् १९५० को सन्धि, ईपीजी प्रतिवेदन र सीमा समस्यादेखि गोर्खा भर्तीका बिषयमा कुरा नउठाएको खुलासा गर्नुभएको हो ।
पूर्वराजदूत रेका अनुसार प्रधानमन्त्री दाहालले भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेताहरुसँगको भेटमा यी तीन बिषय उठान गर्नुभएन । भारतको रिसर्च संस्था सेन्टर फर रिसर्च अन स्ट्राटेजिक एण्ड सेक्युरिटी इस्युज्मा एक लामो आलेख लेख्दै रेले उहाँले आर्थिक मुद्दामात्रै उठाएको भारतीय संस्थापननिकट पूर्वराजदूत रेले उल्लेख गर्नुभएको छ ।
रेले एमसीसी पारित भएपछि अमेरिकी सम्पर्क बढेर गएको तथा सिआइए निर्देशकको नेपाल भ्रमण तालिका आएपछि नेपालले अस्वीकार गरेको समेत रेले उल्लेख गर्नुभएको छ।
रेले बीआरआई बारेमा लेख्नुभएको छ, ‘ओलीको समयमा चीनको बीआरआई परियोजना अगाडि बढे पनि अहिलेको सरकारको समयमा यसको कार्यान्वयनमा समस्या ज्यादै थोरै प्रगति भएको छ ।’
प्रतिक्रिया दिनुहोस्