जनता टाइम्स

२३ मंसिर २०८०, शनिबार १३:४८

एमालेको संकल्प यात्रामा देखिएका दृष्य नियाल्दा


जतिसुकै बिरोध वा गालीको बर्षा गरेपनि सत्यलाई छोप्न सकिन्न । हो ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा यस्तै अकाट्य सत्य स्थापित भएको छ । यात्राका क्रममा देखिएको दृष्यहरुले बिरोधीको अफवाहलाई एकै झडकामा नामेट पारिदिएको छ 

गणेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी एमालेले अघि बढाएको दुरगामी महत्वको ‘झुलाघाट–चिवाभन्ज्याङ समद्धिका लागि संकल्प यात्रा’ चार वटा प्रदेश पार गर्दै संघीय राजधानी रहेका बागमति प्रदेशमा आइपुगेको छ ।  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यात्रा टोली समस्या पहिचान, उचित समाधानको मूल मन्त्रसहित बागमति आइपुग्दा दशौं दिन पुगेको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने सुदुरपश्चिमको बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा क्रमशः डडेलधुरा, डोटी, अछाम हुँदै कर्णाली, कर्णालीको दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, रुकुमपश्चिम हुँदै लुम्बिनीको रुकुम, रोल्पा, गुल्मी पार गरी गण्डकी आइपुग्दा एउटा मिसाल कायम हुन पुगेको दृष्य देखियो ।

लुम्बिनीबाट गण्डकीको सीमा पातिहाल्ने बागलुङहुँदै अघि बढेको टोली पर्वत, कास्की, लमजुङ, गोरखाहुँदै दशौं दिन धादिङको सल्यानटार हुँदै बागमति आइपुग्दा नागरिकमा थप बिश्वास पैदा गर्न सफल बन्यो । यस अभियानको क्रममा टोलीले हरेक जिल्लाका नागरिकसँग स्थानीय समस्या सुनेको छ । यो अभियानमा नागरिकले एमालेको शीर्ष नेतृत्व पंक्तिको पहिचान मात्रै होइन, प्रत्यक्ष संवादको अवसर पाए । चुनावपछि बिरलै भेटिने नेताको हुलमा एमालेले यसपटक आफूलाई अरुभन्दा फरक, देश बनाउने पार्टीको रुपमा परिभाषित गर्यो ।

‘सम्बन्ध स्थानीय–सन्देश–राष्ट्रिय’ भन्ने मुल नाराका साथ अघि बढेको टोलीले आमसभाभन्दा जनताको गुनासो सुन्ने मुख्य कार्ययोजना बनायो । यस अवधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको टिमले झुलाघाटदेखि बागमति आइपुग्ग्दा हजारौं जनतासँग प्रत्यक्ष कुराकानी गर्नुभएको छ । पाँचथरको चिवाभञ्ज्याङसम्म एमाले शीर्ष नेताको टीमले यो काम जारी राख्नेछन ।

मुलुकलाई कतातिर लैजाने भन्ने प्रष्ट भिजन जनतासँग पस्कने काम पनि अभियानमा टोलीले गरेको छ । नागरिकका पीरमर्का सुन्नुका साथै देश विकासका संभावनाको फेहरिस्त पनि सङ्कलन गर्ने काम भएको छ । परम्परागत रूपमा स्थानीय जनताले उत्पादन गरेका सामग्रीको प्रचार मात्रै होइन, ब्राण्डिङदेखि प्रमोशनसम्मका काम पनि अध्यक्ष ओलीसहित सवै शीर्ष नेताले गर्नुभएको छ ।

पुष्पलाल मध्यपाहाडी लोकमार्गको समृद्धिका लागि बिशेष आधार खडा गर्दै पाहाडबाट तराइतिर हुने गरेको बसाइसराइ रोक्ने एउटा मुख्य अभियान पनि यो यात्राको हो भन्ने तथ्य झुलाघाटदेखि सल्यानटारसम्मको यात्राको क्रममा प्रष्ट भएको छ । यस यात्राको क्रममा अध्यक्ष ओलीले जति ठाउँमा सम्बोधन गर्नुभएको छ, ती सवै स्थानमा स्थानीय समस्या पहिचान र समृद्धिका खाकालाई जोड दिनुभएबाटै यो अभियानको मुल उदेश्य प्रष्ट भएको छ ।

यस अभियानको क्रममा पार्टी र जनताको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्दछ, जनताभन्दा माथि कोही छैन भन्ने मान्यतालाई पुनः पुष्टि गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रबिरुद्ध भइरहेको पर्दाभित्रका षडयन्त्र र गठबन्धनको नाममा भइरहेको जनतामाथिको घातलाई बुझाउने उचित अवसर पनि मिलेको छ । अभियानले नेकपा एमालेले मात्र नेपाली जनताका सुख र बिकासको सही नेतृत्व गर्नसक्छ अनि देशलाई अनिश्चय, अकर्मण्यता र अराजकता र निरासाको शिकार हुनबाट जोगाउँछ भन्ने तथ्यलाई अभियानमा पुनःपुष्टि गरेको छ ।

कम्तीमा ओलीले यति ठूलो शासह गरे भन्ने शब्द पनि उनीहरुले प्रयोग गर्न चाहेको देखिएन । तर रोइलोबाट बुझ्न सकिन्छ उनीहरुमा छटपटाहट रहेको छ, ‘एमालेले साँच्चीकै देश बनाउने अभियान थाल्यो, अव हाम्रो लुटको साम्राज्य कायम रहने भएन भन्ने तथ्य ।’ तथ्य पनि यही नै हो 

एमालेको यो अभियानप्रति काठमाडौंलाई मात्रै नेपाल बुझ्ने अनि आफूलाई बुद्धिजिवि भन्दै रमाउन चाहने बर्गको छटपटी निकै देखिएको छ । उनीहरु अभियानका क्रेममा फलानोलाई बेवास्ता गर्यो, ढिस्कानोलाई ठाउँ दिएन, पर्यटक बनेर गए भन्ने जस्ता बकबास बोलेर अनि लेखेर जनतामा भ्रम पार्न खोजिरहेका छन । बृद्ध सरीर लिएर यति लामो यात्रामा निस्कनुभएका अध्यक्ष केपी शर्मा ओलीको हिम्मतको कदरसमेत गर्न सकेको छैन काठमाडौंको त्यो कथित बेद्धिजिवि समुहले ।

कम्तीमा ओलीले यति ठूलो शासह गरे भन्ने शब्द पनि उनीहरुले प्रयोग गर्न चाहेको देखिएन । तर रोइलोबाट बुझ्न सकिन्छ उनीहरुमा छटपटाहट रहेको छ, ‘एमालेले साँच्चीकै देश बनाउने अभियान थाल्यो, अव हाम्रो लुटको साम्राज्य कायम रहने भएन भन्ने तथ्य ।’ तथ्य पनि यही नै हो । यस अभियानको क्रममा नेकपा एमालेलाई यो अभियानमा जनताले दर्साएको अघाध स्नेहले यो तथ्य पुष्टि भएको छ । जतिसुकै बिरोध वा गालीको बर्षा गरेपनि सत्य छोप्न सकिन्न । हो ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा यस्तै अकाट्य सत्य स्थापित भएको छ । यात्राका क्रममा देखिएको दृष्यहरुले बिरोधीको अफवाहलाई एकै झडकामा नामेट पारेको छ । सुनारको सय चोट, लोहारको एक’ भन्ने लोकसम्मतिलाई स्थापित गरेको छ ।

बैतडीमा एमाले अध्यक्ष केपी ओलीसँग भेटन आउनु भएका हजुरआमा–हजुरबुवा हुन वा अछामको मंगलसेनमा अक्सिजन लगाएरै आउनु भएका बा हुन अथवा लमजुङमा ‘मलाई धेरै मन पर्ने नेता’ भन्दै फूलको माला लिएर स्वागतमा बस्नुभएकी ९० बर्षकी हजुरआमा हुन वा गोरखाको पालुङटारमा रातीसम्म कुरेर भेटेपछि ‘चिसो छ, कान छोप्ने टोली लगाउनुहोला भन्दै आत्मीयता देखाएको घटनाहरु यसैका प्रमाण हुन । यी दृष्यहरुले एमाले र केपी ओलीले नै आफूहरुको जीवनमा खुसयाली ल्याउँछन भन्ने आत्मबिश्वास जनमानसमा रहेको तथ्य उजागर गरेको छ ।

अभियानको क्रममा भेटिएका सवैजसो नागरिकमा एमालेको नीति पूर्णरूपमा कार्यान्वयन भएमा मात्र आफूहरुको उकास्न सकिन्छ । अनि मात्रै ‘समृद्ध नेपाल : सुखी नेपाली, को राष्ट्रिय सङ्कल्प पूरा हुनसक्छ भन्ने दृढ बिश्वास पलाएको छ । एमालेले नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनमा मुख्य नेता नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नाममा निर्माण हुँदै गरेको मध्यपहाडी लोकमार्गको यात्रा त्यत्तिकै सुरु गरेको होइन ।

यो लोकमार्ग नेपालको मध्यपहाडी क्षेत्रका जनताको लाइफलाइन हो । लोकमार्गसँगै पुग्ने अन्य पुर्वाधारले उद्योग, कलकारखाना र लघु उद्यमशीलताको विकासले जनताको जीवनस्तरमा उल्लेख्य सुधार ल्याएउने छ । जीवन जिउनका लागि गरिने बसाईं सराइमा कमी आइ देशको जनसांख्यिक सन्तुलन पनि कायम हुने छ । यसैका लागि बृद्ध सरीर भए पनि थकानको महसुस समेत हुन नदिएर दिनभर खटेर आम सर्वसाधरण भेटदै, समस्या सुन्दै, समाधानको खाका पहिल्याउँदै यात्रामा रहनु भएको छ ।

बिरोधीहरुले जतिसुकै आक्षेपका बर्षा गरुन, तथ्यले एमालेको यो यात्रा समृद्धिका लागि, स्वाभिमानका लागि अनि देश बनाउने अठोटसहितको कृत संकल्पका लागि हो भन्ने कुरा प्रमाणित गरेको छ । अनि अराजकहरुलाई कामबाटै प्रष्ट जवाफ दिँदै भनिरहको छ, ‘राष्ट्रिय सन्देश निर्माणका लागि हामी हिडदै छौं–पश्चिमदेखि पूर्वसम्मै ।’