जनता टाइम्स

२२ बैशाख २०७६, आईतवार ०९:२३

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुनका टाँक भेटिएपछि…


काठमाडौं, वैशाख २२

सुन तस्करीका विरुद्ध सरकार सक्रिय भएर अनुसन्धान तथा खोज गरिरहेका बेला तस्करहरुले नयाँ नयाँ प्रयोगबाट ल्याउन थालेका छन् । यसअघि विमानस्थलमै सेटिङ मिलाएर, मलद्धारमा लुकाएर, सुटकेशमा फल्स बनाएर ल्याउने गरेका थिए । तर, पछिल्लो समय सर्टको टाँक बनाएर ल्याउने गरेको भेटिएको छ ।

पछिल्लोपटक काठमाडौंमा सर्टका टाँक बनाएर ल्याइएका सुनसहित भारतीय नागरिक पक्राउ परेपछि यसको खुलासा भएको हो । त्रिभुवन विमानस्थलबाट ८ सय १५ ग्राम सुनसहित भारतीय नागरिक सतिशकुमार अरोरालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । थाई लायन एयरलाइन्सबाट आएका सतिशले सुनलाई सर्टका टाँक बनाएर ल्याएका थिए । भन्सार र अपराध महाशाखाको संयुक्त टोलीले उनलाइ पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।