काठमाडौं, मंसिर २४ । बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दक्षितले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हिम्मत र शाहस देखेर आफू छक्क परेको बताउनु भएको छ ।
दुई पटक किडनी फेरेको ब्यक्ति अहिले पुष्पलाल मध्यपाहाडी लोकमार्गको यात्रामा निस्किएर दुनियालाई चकित तुल्याएको र राष्ट्रका लागि केही गरौं भन्ने हुटहुटी देखिएको डा. दीक्षितले बताउनु भयो ।
‘केपी ओलीमा मरे मर्छु म, तर गर्छु भन्ने हिम्मत देखिएको छ, देशको लागि केही गरेरै छाडछु भन्ने दृढ अठोट देखियो,’ डा. दीक्षितले भन्नुभयो, ‘यो क्याम्पियनले केपी ओलीको पार्टी एमालेले जित्छ । जित्ने र देश बनाएरै छाडने बलियो आधार केपी ओलीले तयार पारे ।’
उहाँले अव देशका लागि डाक्टर बनेर केही गर्नुपर्ने अवस्था पनि औल्याउनु भयो । डाक्टर दीक्षितले अहिलेको शासकीय स्वरुप फेर्न भने ओली तयार हुनुपर्ने बताउनु भयो । उहाँका अनुसार गणतन्त्रमै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली अपनाउनु पर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्